एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनः देवकोटा सर्वसम्मत

नेपालभ्युज

एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनः देवकोटा सर्वसम्मत

सुर्खेत । नेकपा (एमाले) रुकुम पश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

देवकोटा आठौं अधिवेशनबाट निर्वाचित भई हालसम्म अध्यक्षका रूपमा कार्यरत रहेका थिए । उनी पुनः दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।

देवकोटाको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले बताए ।

उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित भएको छन् । सहसचिवमा ब्युझना पुन देवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित भएको छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved