माओवादीबाट इलाम-२ मा धिरेन शर्माको नाम सिफारिस

नेपालभ्युज

माओवादीबाट इलाम-२ मा धिरेन शर्माको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा इलाम-२ बाट धिरेन शर्मा रमणको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीले शर्मालाई उम्मेदवार बनाउन प्रदेशलाई सिफारिस गरेको हो ।

यसअघि माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारको रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

जिल्लाले पठाएको एकल नाम प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुनेछ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेको छैन । यस्तै कांग्रेसले पनि उम्मेदवारको नाम टुङ्गो लगाउन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved