बेलायती बालबालिकाको अभिभावकसँग प्रश्न- मैले कहिले स्मार्टफोन पाउँछु ?

नेपालभ्युज

बेलायती बालबालिकाको अभिभावकसँग प्रश्न- मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन । पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ । यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् । बालबालिकाको दिमागमा स्मार्टफोनले पार्ने असरबाट चिन्तित बनेका बेलायतका केही अभिभावक यसलाई रोक्न निकै सङ्घर्षरत देखिएका छन् ।

तीन बच्चाकी आमा डेजी ग्रीनवेलले आफ्ना बालबच्चालाई विद्यालयको ढोकामा पुर्‍याउँदा यही स्थिति अरु अभिभावकले पनि सामना गर्नु परेको छ । ग्रीनवेलकी साथीका ११ वर्षीय छोराले पनि यस्तै स्मार्टफोन मागेको थाहा पाइन् । ती बच्चाको कक्षाका अरु तीन बालबालिकाले स्मार्टफोन प्रयोग गरेको पाइएको थियो ।

इन्स्टाग्राममा उनले लेखेकी छिन, “अरु अभिभावकसँगको कुराकानीले मलाई आतंकित तुल्याएको छ । म मेरो बच्चालाई त्यस्तो सामान दिन चाहन्न जसले उनको मानसिक स्वास्थ्य बिगार्नुका साथै उनलाई कुलतमा फसाउँछ ।”

“तर मलाई के पनि थाहा छ भने यस्तो दबाब व्यापक हुने गरेको छ,” पूर्वी इङ्ल्यान्डको उडब्रिजका एक पत्रकारले टिप्पणी लेखेका छन् ।

उडब्रिजको टिप्पणी लगत्तै धेरै अभिभावकले स्मार्टफोनको प्रयोगबाट हुनसक्ने असरका बारेमा एकपछि अर्को धारणा सार्वजनिक गरेका छन् । खासगरी बालबच्चाहरुले स्वतन्त्र रुपमा यस्ता डिभाइस चलाउन पाए उनीहरु अनलाइन बुलिङ, सामाजिक तनाव र हानिकारक सामग्रीबाट प्रताडित हुनेछन् ।

बढ्दो साइबर अपराध वृद्धिले बालबालिकामा मानसिक तनाव उत्पन्न हुने देखेर ग्रीनवेल र उनका साथी क्लेयर रेनोल्ड्सले “स्मार्टफोन फ्री चाइल्डहुड” नामको सचेतना अभियान सञ्चालन गरिन् ।

अभिभावकको अनुभव समेतलाई आधार मानेर गरिएको प्राज्ञिक अनुसन्धानले बालबच्चाले स्मार्टफोन माग्दा अभिभावकहरुले चिन्तित हुने गरेको देखाएको छ । कतिपय अभिभावकले भने आफूहरु बालबच्चाका अघिल्तिर निरीह हुने गरेको गुनासो गरेका थिए । फोन दिँदा पनि सुरक्षामा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ ।

बेलायतका विद्यालय शिक्षामन्त्री डेमियन हिन्ड्सले संसदीय समितिमा बोल्दै ११ वा १२ वर्ष उमेरका सबैजसो बालबालिकाले मोबाइल फोन राख्ने गरेको बताएका छन् ।

वास्तवमै स्मार्टफोनले बालबालिकाको मनमा ठूलो असर गर्ने अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेड्टद्वारा भर्खरै प्रकाशित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा उल्लेख छ । उनले फोनमा आधारित बाल्यकालको भविष्य युवामा मानसिक रोगको समस्या बढ्ने र यसलाई कम गर्नका लागि बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुपर्ने बताउनुहुन्छ । उनले स्मार्टफोनको पूर्ण रूपान्तरण सन् २०१० र सन् २०१५ को बीचमा भएको थियो र जसले गर्दा बालबालिकाको मनमा ठूलो परिवर्तन आएको पुस्तकमा उल्लेख गर्नुभएको छ ।

स्नातक अध्ययनरत विद्यार्थी डिप्रेसनमा जानु मुख्य कारण स्मार्टफोन नै हो, अमेरिकी कलेज हेल्थ एशोसिएसनले जानकारी गराएको छ ।

चौध वर्षभन्दा अगाडि स्मार्टफोन र १६ वर्षभन्दा अगाडि सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्नुपर्ने जोनाथन हेड्टले भने । यसका लागि हामी अभिभावकले मिलेर काम गर्नुपर्ने उनको धारणा रहेको थियो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved