कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।

केन्द्रमा सत्तागण्ठबन्धन फेरिएसँगै उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मंगलबार विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पत्र बुझाएका छन् ।

मंगलवार अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारमा सहभागी नेपाली कांग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएपछि शर्मा नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, सत्तारुढ अर्को दल नेकपा (एमाले)ले समर्थन गरेपछि शर्मा नेतृत्वको सरकार सहज अवस्थामा छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकएक जना छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved