माओवादीको आग्रह- शान्ति प्रक्रियालाई कसैले ‘बार्गेनिङ’को विषय नबनाऔँ

नेपालभ्युज

माओवादीको आग्रह- शान्ति प्रक्रियालाई कसैले ‘बार्गेनिङ’को विषय नबनाऔँ

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रिया चाँडै टुङ्ग्याउने गरी काम गर्नुपर्ने बताएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिएका माओवादी सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेल (Devendra paudel) ले शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्ग्याउनेगरी अघि बढ्नुपर्ने बताएका हुन् ।

“शान्ति प्रक्रियालाई टुङ्ग्याउने सन्दर्भमा हामी सबै एकठाउँ हुनुपर्छ,” उनले भने, “यसलाई कसैले पनि बार्गेनिङको विषय नबनाऔँ । सबै लागेर जाऔँ ।”

कानूनहरू नबन्दा तीन तहका सरकारका अवयवहरूले जनताका बीचमा काम गर्न नसकिरहेको उनले बताए ।

“शिक्षा, निजामति, वन, भूमि, प्रहरीलगायतका ऐनहरू नबन्दा हामीले जनताका बीचमा काम गर्न सकिरहेका छैनौँ,” उनले भने, “यी कानूनहरू बनाउनका लागि हामी सक्रिय हुनुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved