एमालेको झापा अध्यक्षमा गिरी सर्वसम्मत

नेपालभ्युज

एमालेको झापा अध्यक्षमा गिरी सर्वसम्मत

काठमाडौं । नेकपा एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत भए ।

शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो ।

सचिव पदमा पनि सर्वसम्मत गराउने पहल भइरहेको पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए । नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved