रोमान्टिक सिनमा होस् गुमाएर जब अभिनेताले २५ वर्ष सानी अभिनेत्रीलाई चुम्बन गर्न थाले

नेपालभ्युज

रोमान्टिक सिनमा होस् गुमाएर जब अभिनेताले २५ वर्ष सानी अभिनेत्रीलाई चुम्बन गर्न थाले

एजेन्सी । बलिउड अभिनेत्री रेखा आफ्ना फिल्म भन्दा पनि धेरै नीजि जीवनलाई लिएर चर्चामा आउने गर्छिन् ।

रेखाले दक्षिण भारतीय फिल्मबाट आफ्नो करिअरको सुरूवात गरेकी थिइन् र बलिउडमा पनि एकदमै धेरै नाम कमाइन् । ८० र ९० को दशकमा रेखा बलिउडकी प्रमुख अभिनेत्रीमा पर्थिन् । रेखाको नाममा नै सिनेमाघरहरूमा भिड लाग्ने गर्थियो ।

रेखाले १५ वर्षको उमेरमा नै फिल्महरूमा काम गर्न सुरू गरेकी थिइन् । कम उमेरमा काम सुरू गरेर उनले नाम र दाम त कमाएकी थिइन् तर धेरै खालका समस्याहरूको पनि सामना गर्नु पर्यो ।

एकपटक रेखासँग सुटिङ गरिरहेका अभिनेताले आफ्नो होस् नै गुमाएका थिए । उमेरमा रेखाभन्दा २५ वर्ष जेठा अभिनेताले रेखालाई करीब पाँच मिनेटसम्म किस गरिरह्यो । सीन पूरा हुँदासम्म रेखाको आँखाभरी आँसु आइसकेको थियो । रेखाले यो घटनालाई आफ्नो अटोबायोग्राफीमा पनि बताएकी छन् ।

यो घटना थियो सन् १९६९ मा आएको फिल्म ‘अन्जाना सफर’ को थियो । यस फिल्ममा रेखासँग २५ वर्ष जेठा अभिनेता विस्वजीत चटर्जीलाई कास्ट गरिएको थियो ।

फिल्ममा विस्वजीतसँग रेखाको एउटा रोमान्टिक सिन पनि थियो । जहाँ विस्वजीतले होस् गुमाएर रेखालाई पाँच मिनेटसम्म किस गरिरहे । सेटमा उपस्थित सबैले सीन राम्रो भएकोमा ताली बजाउन थाले ।

तर, रेखा यो सिनसँग खुशी थिइनन् । रेखाको आँखाभरी आँसु थिए । पछि उनी धेरै समय रोइरहिन् । रेखाले यस घटनालाई आफ्नो बायोग्राफी ‘रेखा : द अनटोल्ड स्टोरी’ मा बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved