लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुँदै

नेपालभ्युज

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुँदै

काठमाडौं । गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ ।

फेस्टिबल नेपाल टुरिजम बोर्ड, नेपालस्थित चिनिया राजदुतावास, लुम्बिनी विकास कोषलगायतको आयोजनामा अर्को साताको शनिवार उक्त म्याराथन हुन लागेको हो । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत आगामी शुक्रबारदेखि भने दुई दिनसम्म फेस्टिबल हुनेछ ।

फेस्टिबलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ । आयोजकका अनुसार पुरुष म्याराथन, हाफ म्याराथन महिला, पुरुष र महिलाको पाँच किलोमिटर खुला दौड र पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्सको पनि प्रतिष्पर्धा हुनेछन् ।

म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः पाँच लाख, तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैयाँ हात पार्नेछ । महिला हाफ म्याराथनमा पहिलोले दुई, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैंया जित्नेछन् ।

पाँच किलोमिटर खुला दौडतर्फ शिर्ष तीनमा रहनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्समा पनि शिर्ष तीन स्थानमा रहनेले १५ हजार, १० हजार र पाँच हजार रुपैंयाको पुरस्कार पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved