आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले गुमायो दोस्रो विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारी १६ रनमा पहिलो विकेटका रूपमा आउट भएका हुन् । उनलाई ५ ओभरको अन्तिम बलमा आयरल्याण्ड ‘ए’का म्याथ्यू हम्फ्रेजले आउट गरे।

नेपालका लागि दोस्रो विकेटका रूपमा देव खनाल गोल्डन डकआउट भए । उनलाई ६.२ ओभरमा आयरल्याण्ड ‘ए’का थोमस मेयसले आउट गरे।

आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्यमा नेपाल ‘ए’ले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved