एसईईका लागि दिइएका अनुगमन अनुमति पत्र रद्द, परीक्षा बोर्ड भन्छ : विद्यार्थीलाई असुविधा भयो

नेपालभ्युज

एसईईका लागि दिइएका अनुगमन अनुमति पत्र रद्द, परीक्षा बोर्ड भन्छ : विद्यार्थीलाई असुविधा भयो

काठमाडौं । परीक्षा केन्द्रमा अनधिकृत व्यक्तिको प्रवेश हुन थालेपछि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (SEE) का लागि जारी गरेका अनुगमन अनुमतिपत्र रद्द गरेको छ ।

आधिकारिक बाहेकका अन्य व्यक्तिको प्रवेशले परीक्षा लेखनमा असुविधा भएको गुनासा परिक्षार्थीबाट गुनासो आएपछि बोर्डले अनुमतिपत्र रद्द गरिएको जनाएको हो ।

National Examinations Board द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ ।’

बोर्डले परीक्षा केन्द्रलाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण बनाई सहज रूपमा विद्यार्थीले परीक्षा दिन पाउने वातावरण बनाउन पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved