किन आउँछ अत्यधिक पसिना ?

नेपालभ्युज

किन आउँछ अत्यधिक पसिना ?

एजेन्सी । गर्मीमा वा कुनै शारीरिक क्रियाकलाप गर्दा पसिना आउनु स्वाभाविक हो । तर, कतिपय मानिसलाई एकदमै धेरै पसिना आउने गर्छ । यो कुनै शारीरिक समस्याको कारण पनि हुन सक्छ । त्यसैले बेलैमा थाहा पाउनु राम्रो हुन्छ ।

आर्युवेदिक चिकित्सकका अनुसार शरीरमा पित्त दोष बढ्दा पनि मानिसलाई अत्यधिक पसिना आउँछ । यसबाहेक धेरै पसिना आउनुका पछाडि अन्य केही कारण पनि हुन सक्छन् ।

कतिपय मानिसमा थाइराइड ग्लैन्डसँग जोडिएका समस्या हुँदा पनि धेरै पसिना आउने समस्या हुन्छ । कतिपय अवस्थामा थाइराइड ग्लैन्ड अत्यधिक सक्रिय हुन्छ जसले गर्दा पसिना आउँछ ।

कतिपयमा मधुमेह मेलिटसको रोग हुँदा रगतमा चिनीको मात्रा बढेर सामान्य भन्दा धेरै पसिना आउने समस्या देखिन सक्छ ।

महिलामा मेनोपजको समयमा पनि धेरै पसिना आउने गर्छ । शरीरमा अत्यधिक पसिना आइरहने गर्छ भने यो मेनोपजको संकेत पनि हुन सक्छ ।

मुटुसम्बन्धी कुनै समस्यामा पनि आत्तिने तथा अत्यधिक पसिना आउने समस्या हुन्छ । यस्तो समयमा मुटुको धड्कन तीव्र हुने संकेत पनि देखिन्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्दछ ।

कहिलेकाँही अत्यधिक ज्वरो आउँदा पनि पसिना आउँछ । कतिपयलाई ज्वरो आइरहेको अवस्थामा आउँछ भने कतिपयलाई ज्वरो निको हुने अवस्थामा पनि धेरै पसिना आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved