बागमती सरकारमा सहभागी भएका मन्त्री बज्राचार्यलाई हानेपाले कारबाही गर्ने

गठबन्धनले राजनीतिक अपहरण गरेको आरोप

नेपालभ्युज

बागमती सरकारमा सहभागी भएका मन्त्री बज्राचार्यलाई हानेपाले कारबाही गर्ने

काठमाडौं । पार्टी निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै हाम्रो नेपाली पार्टी Hamro Nepali Party (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ ।

हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध सपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।

हेटौंडामा बिहान पत्रकार सम्मेलन गरि अध्यक्ष घिमिरेले पार्टी निर्णय विपरित मन्त्री भएका बज्राचार्यलाई कारबाही गर्ने बताएका हुन् ।

पार्टीको केन्द्रीय समितिको बैठकले नयाँ गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गर्ने घिमिरेको भनाइ छ ।

पत्रकार सम्मेलनमा घिमिरेले प्रदेश सांसदलार्ई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद भएको भन्दै गठबन्धनको समेत आलोचना गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved