कारोबारको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

नेपालभ्युज

कारोबारको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ७८ अंकले बढेर २०३५ दशमलव ६४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१३ कम्पनीका ५३ हजार ६ सय १९ पटकको कारोबारमा ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३६ अंकले घटेर ३५९ दशमलव ०९ को विन्दुमा पुगेको छ । बिहीबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved