नेपाल-भारतबीच विद्युत् आयात सम्झौता नविकरण

नेपालभ्युज

नेपाल-भारतबीच विद्युत् आयात सम्झौता नविकरण

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता नविकरण भएको छ ।

भारतले वार्षिक रूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको हो ।

आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न नेपालले अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको हो ।

आन्तरिक माग पूरा गर्नका लागि नेपालले भारतबाट करिब ६०० मेगावाट आयात गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved