गल्फ लुब्रिकेन्ट्सले दियो मेकानिक्सहरुलाई प्रशिक्षण 

नेपालभ्युज

गल्फ लुब्रिकेन्ट्सले दियो मेकानिक्सहरुलाई प्रशिक्षण 

काठमाडौं । गल्फ लुब्रिकेन्टले गाउँ र सहर दुवै क्षेत्रका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुलाई प्रशिक्षण दिएको छ । उनीहरूको सीप विकाश गर्ने उद्देश्य अनुरूप सो कार्यक्रम रुकुम पश्चिम र सल्यानमा आयोजना गरिएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारिक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सम्पन्न गरेको थियो । सोलाबाङका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारधा नगरपालिका १२ का वडा प्रमुख सुरेन्द्र बुढाको प्रमुख अतिथित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

जसमा बिक्रेता र मेकानिक्सहरुले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । सो कार्यक्रममा  रुकुम (प) र सल्यानका २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले  गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए ।

उनले नेपाल ल्युब आयलको अटो मोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको  बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved