गर्भवती महिलाले भान्टा किन खानु हुँदैन ?

नेपालभ्युज

गर्भवती महिलाले भान्टा किन खानु हुँदैन ?

एजेन्सी । गर्भावस्थाको बेला भान्टा खानु हुँदैन भनेको तपाईंले पनि सुन्नुभएको होला । कतिपयले बच्चा जन्मिएपछि सुत्केरी अवस्थामा पनि भान्टा खाँदैनन् ।

गर्भवती भएको बेला भान्टा खाँदा स्वास्थ्यमा नोक्सान हुने भनिन्छ । गर्भावस्थाको बेला भान्टा किन खानु हुँदैन भनिन्छ ? जानौं ।

आयुर्वेद विशेषज्ञका अनुसार भान्टामा फाइटोहोर्मोन पाइन्छ, जसले गर्भावस्थाको क्रममा महिलाका समस्या बढाउँछ ।

गर्भवती भएको बेला भान्टा खाँदा महिनावारी सम्बन्धी समस्या पनि हुन सक्छ । यसमा पाइने फाइटोहोर्मोनले यस्तो समस्या हुन्छ ।

त्यस्तै भान्टा खाँदा एसिडिटीको समस्या पनि हुन सक्छ । साथमा यसले पाचन प्रणाली पनि खराब हुन सक्छ । त्यसैले यसको सेवन नगर्न सल्लाह दिइन्छ ।

सुरुआती समयमा गर्भवती महिलाले भान्टा नियमित खाँदा गर्भपातको खतरा पनि हुने आयूर्वेदका जानकारको तर्क छ । यसले शरीरमा गर्मी बढाउने र पेटमा हुर्किरहेको बच्चालाई नोक्सान पुर्याउने दाबी छ ।

त्यस्तै गर्भावस्थाको क्रममा धेरै भान्टा खाँदा प्रिमेच्योर बच्चा जन्मिने खतरा पनि बढ्छ ।

अर्को भान्टाले छालासम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । यसले हातखुट्टा तथा शरीर चिलाउने वा एलर्जीको समस्या हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved