कर्जन्हाका तत्कालीन नगरप्रमुख पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

कर्जन्हाका तत्कालीन नगरप्रमुख पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा पासमानसहित नगरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जे.भी.का आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुले एक करोड आठ लाख रुपैयाँ अनिमियतता गरेको आयोगको दाबी छ । आयोगले कैद र बिगो असुलउपर गर्न माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved