छानबिन अवधिभर सरकार बाहिर बस्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदको आग्रह

नेपालभ्युज

छानबिन अवधिभर सरकार बाहिर बस्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बैठकमा समेत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन माग गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधानमन्त्री लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन आग्रह गरेका हुन् ।

सहकारीको एक करोड ठगी प्रकरणमा गृहमन्त्री नै मुछिएकाले छानबिनको निष्पक्षताका लागि पनि राजीनामा दिन आवश्यक रहेको बडुको भनाइ थियो । गृहमन्त्री नै रवि लामिछाने हो भने जनताले विश्वास दिलाउनका लागि छानबिन अवधिमा बाहिर बस्न उनको आग्रह थियो।

सांसद बडूले भने, ‘सहकारीको एक करोड जम्मा भएका रवि लामिछाने गृहमन्त्री नै हो कि अरू कोही हो ?’

सहकारी पीडितको गुनासाबारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि विस्तृत जानकारी नआएको भन्दै सांसद बडुले आपत्ति जनाए ।

सर्वसाधारणबाट जम्ममा भएको रकममध्येबाट १० करोड रुपैयाँ ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि खर्च भएको भन्ने बारे समेत बैठकमा बडुले प्रश्न उठाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved