पाउण्डको मूल्य बढ्दा घट्यो डलर  

नेपालभ्युज

पाउण्डको मूल्य बढ्दा घट्यो डलर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ भने पाउण्ड बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved