कांग्रेस सभापति देउवा दलबलसहित राती १० बजे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे

नेपालभ्युज

कांग्रेस सभापति देउवा दलबलसहित राती १० बजे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड(Pushpa Kamal Prachanda)लाई भेट्न अबेर राती बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न दलबलसहित सभापति देउवा राती १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

दुई नेताबीच एक घण्टा लामो संवाद भएको थियो । कांग्रेस टोली ११ बजे बालुवाटारबाट निस्किएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

भेटमा टीआरसी विधेयक, उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको सचिवालयको भनाई छ ।

यद्यपी गएराती दुई नेताको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । देउवाको भेट अगाडि दिउँसो कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । नेता सिटौलासँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

कांग्रेस नेताहरुका अनुसार सभापति देउवाले हठात् गठबन्धन परिवर्तन गरेकोमा प्रचण्डसँग असन्तुष्टि जनाएका थिए । नयाँ गठबन्धन बनेपछि पहिलो पटक माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र सभापति देउवाबीच पहिलो पटक भेट भएको हो ।

#sherbahadur Deuba

#prachanda

#nepalprimeminister

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved