राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम यस वर्षका लागि स्थगित, आगामी वर्षदेखि स्थानीय तहबाटै कार्यान्वयन गरिने

नेपालभ्युज

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम यस वर्षका लागि स्थगित, आगामी वर्षदेखि स्थानीय तहबाटै कार्यान्वयन गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठ(sumana Shrestha)ले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम स्थगित गरेकी हुन् । आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाउने गरी यो वर्षका लागि कार्यक्रम स्थगित गरिएको हो ।

मन्त्री श्रेष्ठले संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीय तहमा बजेट पठाउने निर्णय गरेको बताएकी छन् ।

कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट तर्जुमा कै क्रममा स्थानीय तहमा बजेट पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रमको लागि यो वर्ष एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकारमा रहेकाले स्थानीय तहको माग र आवश्यकताका आधारमा यसको कार्यान्वयन गरिने मन्त्री श्रेष्ठले बताइन् ।

#Education

#Raswapa

#School


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved