धेरै मल्टीभिटामिन खाँदा पनि हुन सक्छ नोक्सान

नेपालभ्युज

धेरै मल्टीभिटामिन खाँदा पनि हुन सक्छ नोक्सान

एजेन्सी । शरीरमा पोषक तत्वहरुको कमीले गर्दा टाउको दुख्ने, थकान र चिडचिडापन महसुस हुन थाल्छ । पोषक तत्वहरुको कमीले गर्दा मानिस मल्टीभिटामिन (multivitamin) को सेवन गर्छन् ।

कतिपय मानिस डाक्टरहरुको सल्लाह बिना नै मल्टीभिटामिन सेवन गर्न थाल्छन् । मल्टीभिटामिनको अत्यधिक सेवनले पेट तथा लिवरसँग जोडिएका समस्याहरु हुन सक्छन् । अत्यधिक मल्टिभिटामिनको सेवनले पेट दुख्ने, पेट फुल्ने, वाकवाकी तथा ग्यास जस्ता समस्याहरु हुन थाल्छन् ।

अत्यधिक मल्टीभिटामिन औषधी खानाले टाउको दुख्ने समस्या हुन्छ । भिटामिन खाएर टाउको दुख्ने समस्या भइरहेको छ भने तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्दछ ।
धेरै मल्टीभिटामिनको सेवन गर्दा लिवरसँग जोडिएका समस्याहरु पनि हुन थाल्छन् । साथमा यो उच्च रक्तचापको कारण पनि हुन सक्छ ।

अत्यधिक मात्रामा मल्टीभिटामिनको सेवन गर्नाले हाइपरविटामिनोसिसको समस्या हुन थाल्छ । हाइपरविटामिनोसिसको कारणले शरीरमा विषालु पदार्थहरु एकत्रित हुन थाल्छन् ।

अत्यधिक मात्रामा मल्टीभिटामिनको सेवना गर्नु छालाका लागि नोक्सानदायक पनि हुन्छ । यसकारण रयासेज र दागधब्बा, डन्डीफोर आदि आउने समस्या पनि हुन्छ ।

#vitamin #liver

#उच्चरक्तचाप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved