रङहरुको पर्व ‘फागु’ काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा भव्यरुपमा मनाइँदै, प्रहरीको विशेष सुरक्षा योजना

नेपालभ्युज

रङहरुको पर्व ‘फागु’ काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा भव्यरुपमा मनाइँदै, प्रहरीको विशेष सुरक्षा योजना

काठमाडौं । फागु पर्व अर्थात् रङहरुको पर्व आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साता अघि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो ।

रंगचंगी कपडाका टुक्रा झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । हर्ष र उमंगमा मनाइने यो पर्वमा एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर खुसी साटासाट गर्दै मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ ।

होलीमा मादक पदार्थ सेवन गर्नेहरुको संख्या पनि वर्सेनि बढिरहेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले आज विशेष सुरक्षा योजना बनाएको छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved