श्रीलङ्का लागे विनोद चौधरी

नेपालभ्युज

श्रीलङ्का लागे विनोद चौधरी

काठमाडौं । व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलङ्काका लागि उडेका छन् ।

बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बयान दिएका चौधरी दिउँसो १:५७ बजेको श्रीलङ्कन फ्लाइटमार्फत श्रीलङ्का गएका हुन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोप लागेपछि उनीमाथि अनुन्धान सुरू भएको थियो । ठीक यहीबेला उनी श्रीलङ्का गएका हुन् ।

जग्गा प्रकरणमा गत माघ १८ गते सीआईबीले विनोदका भाइ अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरी बयान लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved