विमानस्थलको लाइनमा बस्दाबस्दै ढलेका व्यक्तिको मृत्यु

नेपालभ्युज

विमानस्थलको लाइनमा बस्दाबस्दै ढलेका व्यक्तिको मृत्यु
प्रतिकात्मक तस्वीर

मोरङ । काठमाडौँ जान विराटनगर विमानस्थलमा पुग्दा अचेत भएर लडेका एक व्यक्तिको ज्यान गएको छ । बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो ।

बिहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन उभिरहेका थिए, लाइनमै गुरुङ लडेका थिए ।

गुरुङ अचानक लडेपछि प्रहरीको सहयोगमा उनका छोराले नजिकै रहेको नोबेल शिक्षण अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा चिकित्सकले चेकजाँच गर्दै गर्दा मृत घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved