प्राबोबो सुबियान्तो इन्डोनेसियाको राष्ट्रपतिमा निर्वाचित

नेपालभ्युज

प्राबोबो सुबियान्तो इन्डोनेसियाको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं। इन्डोनेसियाका रक्षामन्त्री प्राबोबो सुबियान्तो गत महिनाको राष्ट्रपति चुनावको विजेता घोषित भएका छन्।

इन्डोनेसिया विश्वको नै तेस्रो ठुलो लोकतन्त्र भएको मुलूकको रुपमा चिनिन्छ। प्राबोबोले एकताको लागि अपिल गर्दा उनका प्रतिद्धन्दी एनीस बास्वेदन र गञ्जर प्रणोवोले नतिजामा प्रतिस्पर्धा गर्ने वाचा गरेका थिए।

दशकौँ सम्म मानव अधिकारको दुरुपयोगको आरोप खेपेका, पूर्व जनरल प्राबोबोले कुल मतको ५८.५९ प्रतिशत मत प्राप्त गरेका थिए। उनका प्रतिद्धन्दी एनीसले २५ र गञ्जरले १६ प्रतिशत मत प्राप्त गरेका थिए।

गत १४ फेब्रुअरीमा भएको एक दिने निर्वाचनमा १७ हजार टापुमा भएको मतदानमा २० करोड ५० लाखको ८० प्रतिशतले मतदान गरेका थिए। यो विश्वको नै सबैभन्दा ठुलो एक दिने मतदान निर्वाचन पनि बनेको थियो।

सामाजिक संजाल प्रयोगमा निपुण भएको जमातलाई प्राबोबोले टिकटक भिडियोमार्फत आफुप्रति आकर्षित गर्न सफल भएका थिए।

निर्वाचन आयोगले नतिजा प्रकाशन गरेपश्चात ७२ वर्षीय प्राबोबोले भने, ‘जसले हाम्रो लागि मतदान गरेनन्, उनीहरुले एक अवसर दिएका छन्। हामी सबै इन्डोनेसियाली जनताको लागि सक्दो कडाभन्दा कडा मेहेन्त गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति भएको साबित गर्नेछौं।’

प्राबोबोले अगामी अक्टोबरबाट आफ्नो कार्यकालको थालनी गर्दै राष्ट्रपति जोको विडोडा ‘जोकोवी’ को स्थान लिने बीबीसीले जनाएको छ। यसअघि सन् २०१४ र २०१९ मा राष्ट्रपति चुनावमा जोकोवीसँग नै उनी पराजित भएका थिए।

प्राबोबोका प्रतिद्धन्दीद्धय एनीस र गञ्जरले भने निर्वाचनमा धाधली हुँदा निष्पक्ष नभएको र अदालतीय प्रक्रिया अपनाउने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved