सँगै बसेर बियर खाएपछि आफ्नै साथीको हत्या

नेपालभ्युज

सँगै बसेर बियर खाएपछि आफ्नै साथीको हत्या

जनकपुरधाम। धनुषाको जनकनन्दनीमा एक युवाको हत्या भएको छ । बियर खाएको पैसा तिर्ने विवाद बढ्दै जादा आफ्नै साथीले १८ वर्षिय कैस नदिफको हत्या गरेका हुन् । सँगै बसेर बियर पिएका उनीहरुबीच पैसा तिर्ने विषयमा विवाद भएको थियो ।

हत्याको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । चक्कु प्रहारबाट घाइते नदिफको उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

हत्या आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी रञ्जन अवालेले बताए ।

दिनभरीको रोजा सकिएपछि तीनजना मिलेर बियर खान होटल पसेका थिए । फर्किने क्रममा वियर खाएको रुपैयाँ र मोबाइलको विषयमा विवाद भयो । त्यसपछि सहमत र जाकिसले नदिफलाई चक्कु प्रहार गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved