गृहमन्त्री रविमाथि छानबिन गर्न संसदीय समिति बनाउने मागमा कांग्रेस अडिग, प्रधानमन्त्रीले घात गरेको आरोप

नेपालभ्युज

गृहमन्त्री रविमाथि छानबिन गर्न संसदीय समिति बनाउने मागमा कांग्रेस अडिग, प्रधानमन्त्रीले घात गरेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई याथावत् राखेको छ ।

संसद् बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले बताइन् ।

उनले गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आफूहरूको माग यावत रहेको बताइन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन् ।

उनले भनिन्, ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसद् बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो यो पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved