सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ४९ करोड 

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ४९ करोड 

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्सेमा सामान्य अंकको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २०६३ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

आज ३०५ कम्पनीका ६० हजार १६ पटकको कारोबारमा ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३६ अंकले घटेर ३६८ दशमलव ०३ को विन्दुमा पुगेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार माइक्रो फाइनान्स कम्पनीहरूको भएको छ ।

जसको कारोबार रकम १ अर्ब ११ करोड ३१ लाख ९ हजार २ सय १४ रुपैयाँ रहेको छ । भने, सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चर समूह रहेको छ । जसको कारोबार रकम १७ लाख ३९ हजार ६ सय ७७ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved