आठ महिनामा व्यापार घाटा ९ खर्ब भन्दा बढी 

नेपालभ्युज

आठ महिनामा व्यापार घाटा ९ खर्ब भन्दा बढी 

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा नेपालले ९ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आवको आठ महिनामा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।

समीक्षा अवधिमा नेपालले २ दशमलव ६६ प्रतिशतको वस्तु आयात गरेको छ भने ३ दशमलव ९९ प्रतिशतको निर्यात गरेको छ । सो तथ्यांक हेर्दा नेपालले निर्यातमा केही सकारात्मक प्रदर्शन गरेको छ ।

अघिल्लो महिना माघ अन्तिमसम्म नेपालको वैदेशिक व्यापार घाटा १ दशमलव ७७ प्रतिशत रहेको थियो भने फागुन अन्तिमसम्म २ दशमलव ५२ को विन्दुमा पुगेको छ ।

गत आवको सोही अवधिमा पनि नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved