गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो : प्रेम सुवाल

नेपालभ्युज

गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्युनतम साझा कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।

मंगलवार सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको बताएका हुन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिबी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए ।

उनले प्राङ्गारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए ।

त्यस अवसरमा सांसद सुवालले सभामुख देवराज घिमिरेलाई सांसदहरुको अभिभावकीय भुमिका निर्वाह गर्न पनि आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved