दुर्गा प्रसाईंका बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

दुर्गा प्रसाईंका बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति
दीपक खड्का र बरामद गरिएको हतियार

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड हुन् ।

उनीहरूमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved