काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

नेपालभ्युज

काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

काठमाडौं । काठमाडौंको शान्तिनगरमा मोटरसाइकल दुर्घटनाहुँदा पैदलयात्री सहित तीनजना घाइते भएका छन् ।

तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मोटरसाइकले बुधबार बिहान पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन् ।

जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको वानेश्वर प्रहरी वृत्तले जनाएको छ ।

घाइते तीनैजनाको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved