तपाईंले पनि आफैलाई वरिष्ठ ठान्नुहुन्छ ? हुनुहोस सतर्क, आउन सक्छ मानसिक समस्या

नेपालभ्युज

तपाईंले पनि आफैलाई वरिष्ठ ठान्नुहुन्छ ? हुनुहोस सतर्क, आउन सक्छ मानसिक समस्या

एजेन्सी । कतिपय व्यक्तिमा वरिपरिका व्यक्तिको तुलनामा आफूलाई एकदमै सर्वश्रेष्ठ ठान्ने खालको प्रवृत्ति हुन्छ । आफूलाई सर्वश्रेष्ठ अथवा वरिष्ठ ठान्ने व्यक्तिले अरुसँग अपमानजनक व्यवहार गर्छन् ।

यस्तो खालको व्यवहार वा प्रवृत्ति मानसिक स्वास्थ्यका लागि राम्रो हुँदैन । किनकी सधै सर्वश्रेष्ठ बनिरहन खोज्ने प्रयासले एन्जाइटी पनि हुन सक्छ ।

आउनुहोस् जानौं यस्तो समस्याबाट बच्ने केही टिप्सबारे –

यस्तो समस्यामा आत्म जागरुकता एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले ती विचारलाई पहिचान गर्नुहोस् जो निरन्तर घमन्डको कारण बन्न सक्छन् ।

सर्वश्रेष्ठको भ्रम अन्तरनिहित हिनताको भावना, अपूर्णतालाई स्वीकार गर्न नसक्दा विकसित हुन्छ । यो स्वीकार गर्नुहोस् कि कुनै पनि कुरा वा कोही पनि व्यक्ति पूर्ण हुँदैन ।

दोस्रो व्यक्तिको धारणा तथा विचारलाई पनि बुझेर ऊसँग राम्रो व्यवहार तथा सहानुभूतिपूर्वक कुराकानी गर्ने अभ्यास गर्नुहोस् ।

यो कुरा सम्झनुहोस् कि तपाईंले जे भन्नुहुन्छ त्यो सबैलाई स्वीकार्य कुनै पनि हालतमा हुँदैन । त्यसैले आलोचना पनि सहन सिक्नुहोस् ।

तपाईं एउटा क्षेत्रमा राम्रो हुन सक्नुहुन्छ तर, सबैमा हुन सक्नुहुन्न । समर्थन देखाएर अन्य व्यक्तिको उपलब्धीलाई पनि स्वीकार्ने अभ्यास गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved