माग पूरा नगरे भोलिदेखि संसद चल्दैन : रामहरि खतिवडा

नेपालभ्युज

माग पूरा नगरे भोलिदेखि संसद चल्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

खतिवडाले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए ।

कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगामी बैठक चल्न नदिने उनले चेतावनी दिए ।

उनले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved