गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफमा चित्त बुझेन कांग्रेसलाई, संसद् चल्न नदिने अडान कायमै

नेपालभ्युज

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफमा चित्त बुझेन कांग्रेसलाई, संसद् चल्न नदिने अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

यदि त्यसो नगरिए संसद् चल्न नदिने भन्दै उसले सचेत गराएको छ ।

प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री लामिछानेबारे जवाफ दिएका थिए । तर, कांग्रेसले चित्त बुझाएन ।

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गर्दै भनेका थिए, “उहाँ कुनै सहकारीको सञ्चालक र व्यवस्थापन नभएको र उहाँको नाममा प्रवाह भएको ऋण फर्स्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने देखिएको छैन ।”

गृहमन्त्रीबारे प्रधानमन्त्री- उहाँ सहकारीको रकम हिनामिनामा संलग्न भएको आधार छैन 

प्रधानमन्त्रीको यो जवाफमा कांग्रेसले चित्त बुझाएको छैन । प्रधानमन्त्री-सांसदहरूबीचको प्रश्नोत्तर सकिएलगत्तै कांग्रेस सांसदहरूले विरोध गरे । उनीहरूले प्रधानमन्त्रीले ‘संलग्न भएको प्रमाण नै छैन’ भनेकोप्रति आपत्ति जनाएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसको छिनोफानोका लागि संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

सहकारीको रकम घोटाला प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले उनको राजीनामा मागिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved