गृहमन्त्रीबारे प्रधानमन्त्री- उहाँ सहकारीको रकम हिनामिनामा संलग्न भएको आधार छैन 

नेपालभ्युज

गृहमन्त्रीबारे प्रधानमन्त्री- उहाँ सहकारीको रकम हिनामिनामा संलग्न भएको आधार छैन 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आधार नभएको जवाफ दिएका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो जवाफ दिएका हुन् ।

“हालसम्मको अनुसन्धानले सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अरु कुनै भूमिकामा उहाँ नरहेको र विचाराधीन मुद्दामा पनि उहाँ जोडिएको देखिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले उहाँ संलग्न भएको आधार पुष्टि भएको छैन ।”

अगाडि उनले भने, “पोखराको सूर्यदर्शन सहकारीका एक हजारभन्दा बढी बचतकर्ताहरूले २०८० साउन २२ गते गरेको जाहेरीमा कसैको नाम किटिएको थिएन । यसउपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवदेनका आधारमा सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको हो । जुन अदालतमा विचाराधीन छ । १९ जनामध्ये ४ जना पक्राउ परेका छन् । बाँकीको खोजी जारी छ ।”

उनले गृहमन्त्री लामिछाने पनि दोषी देखिए कारबाही गर्नबाट आफूलाई कसैले रोक्न नसक्ने स्पष्टीकरण दिए । आरोप लागेकै भरमा उनको राजीनामा माग्नु भने अप्रजातान्त्रिक भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

“कांग्रेस लामो समययता लोकतान्त्रिक अभ्यासमा छ । तर, आरोप लागेकै भरमा राजीनामा दिन थालियो भने के होला,” प्रधानमन्त्री प्रचण्डले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved