निसीखोला बस दुर्घटनाप्रति जनार्दन शर्माले गरे दुःख व्यक्त

नेपालभ्युज

निसीखोला बस दुर्घटनाप्रति जनार्दन शर्माले गरे दुःख व्यक्त

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन् ।

रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको हो ।

‘रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हालसम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ’ उपमहासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै दुर्घटनाका घाइतेहरूको उद्धार र उपचारका लागि पहल जारी छ ।’

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved