सहकारीको ऋण तिर्न काठमाडौं महानगरपालिको उर्दी , नतिरे कानूनी कारबाही गरिने

नेपालभ्युज

सहकारीको ऋण तिर्न काठमाडौं महानगरपालिको उर्दी , नतिरे कानूनी कारबाही गरिने

काठमाडौं । सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न काठमाडौं महानगरपालिकाले ऋणिहरुलाई आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ ।

सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएपछि विभागले चासो देखाएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved