धोका पाएको आवेगमा प्रेमिकाको हत्या, प्रेमी पनि झुण्डिएको अवस्थामा भेटिए

नेपालभ्युज

धोका पाएको आवेगमा प्रेमिकाको हत्या, प्रेमी पनि झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको पुष्टि भएको छ ।

चन्द्रिकाले धोका दिएको भन्दै उनका पूर्वप्रेमी शिवशंकर दासले हत्या गरेको प्रहरीले पुष्टि गरेको हो ।

शिवशंकरले प्रेमिकाको  हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् । विराटनगरकै एक होटलमा झुण्डिएको अवस्थामा शिवशंकरको शव प्रहरीले फेला पारेको छ । गत शुक्रबार चन्द्र कुमारीको शव उनकै डेराको बाथरुममा भेटिएको थियो ।

दुई दिनपछि उनका पूर्व प्रेमी शिवशंकरको पनि शव भेटिएको हो । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएपछि चन्द्रिकाको सिरहाकै अर्का युवासँग प्रेम सम्बन्ध गासिएको थियो ।

प्रेमिकाको अर्को युवासँग प्रेम भएको थाह पाएपछि शिवशंकर केही दिनअघि मात्रै नेपाल फर्किएका थिए । उनी चन्द्रिकालाई भेट्न काठमाडौंबाट सिधै विराटनगर पुगेको खुलेको छ ।

विराटनगरमा उनी चन्द्रिकाकै डेरामा बसेको प्रहरीले जनाएको छ । सोही क्रममा उनले चन्द्रिकाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्यापछि शिवशंकरले दिदीलाई फोन गरेर चन्द्रिकाको हत्या गरेको र आफुले पनि आत्महत्या गर्ने बताएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved