कलेज गएकी सुष्मा लामाको हत्यामा संलग्न युवक पक्राउ, एकतर्फी प्रेमको कारण हत्या भएको निष्कर्ष

नेपालभ्युज

कलेज गएकी सुष्मा लामाको हत्यामा संलग्न युवक पक्राउ, एकतर्फी प्रेमको कारण हत्या भएको निष्कर्ष

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

२१ वर्षीय रुपेन्द्र लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

तारेभिरकै बासिन्दा सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । उनी बुढानिलकण्ठ माविमा कक्षा १२ मा पढ्दै थिइन् ।

सोही क्रममा गत फागुन २५ गते शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा उनको शव फेला पारेको थियो । उनको एक महिना अघि नै हत्या भएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार  एकतर्फी प्रेमका कारण हत्या भएको हुनसक्छ । युवकले उक्त दिन पनि केटीलाई एक्लै कलेज गइरहेको अवस्थामा प्रेम प्रस्ताव राखेको र नमानेपछि हत्या गरेको प्रहरीले जनाएको थियो ।

हत्यापछि युवकले शुष्माको फेसबुक चलाइरहेको पाइएको छ । शुष्माको फेसबुकबाट केटाले नै आफूले विहे गरेको लगायतका स्टाटस पोस्ट गरेर भ्रम छर्न खोजेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved