संसद अवरोध सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामः कांग्रेस

नेपालभ्युज

संसद अवरोध सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताईन् । उजले संसद अवरोधलाई सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामका रुपमा लिनुपर्ने बताईन् ।

उनले कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको बताईन् । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरु सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरुलाई कारबाही हुनुपर्ने उनले  बताईन् ।

उनले अनियमितताका सबै फाइल खोल्न सबै राजनीतिक दल तयार हो ? भन्दै प्रश्नसमेत गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved