च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, म्यानचेष्टर सिटीले रियल म्याड्रिडसँग खेल्ने

नेपालभ्युज

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, म्यानचेष्टर सिटीले रियल म्याड्रिडसँग खेल्ने

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजिनक भएको छ ।

शुक्रबार क्वाटरफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख, म्यानचेस्टर सिटी, एट्लेटिको म्याड्रिड, बोरुसिया डर्टमण्ड, आर्सनल, बार्सिलोना र रियल म्याड्रिड पुगेका छन् ।

ड्र अनुसार आर्सनलले बायर्न म्युनिखलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। एटलेटिको म्याड्रिडले भने बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेस्टर सिटीले रियल म्याड्रिडसँग खेल्दा पीएसजी र बार्सिलोना भने आमने सामने हुनेछन्।

क्वाटरफाइनलको पहिलो लिग अप्रिल ३० र मे १ मा हुने छ । दोस्रो लिग मे ७ र ८ मा हुने यूईएफएले जानकारी गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved