राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

नेपालभ्युज

राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् ।

सत्ता समिकरण फेरिएर नयाँ सरकार बनेसँगै अघिल्लो गठबन्धनमा सामेल दलबाट सिफारिस भएका उनीहरुले शुक्रबार राजीनामा दिएका हुन् ।

आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएका हुन् ।

शाह हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाटै आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसमक्ष राजीनामा दिएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved