आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी

नेपालभ्युज

आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

खतिवडाले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरु पनि प्रमाण भएको बताएकाले भन्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए ।

गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने उनको भनाई छ ।

खतिवडाले आफूविरुद्धका मुद्दाका बारेमा आफैंले सांसदहरुलाई जानकारी गराउनुपर्ने बताए । दाग लागेका मन्त्रीहरुलाई सरकारमा राख्न नहुने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved