प्रतिबद्धता पूरा नगरे असार ३१ गतेभित्र एकीकृत समाजवादी सरकारबाट बाहिरिन्छ : राजेन्द्र पाण्डे

नेपालभ्युज

प्रतिबद्धता पूरा नगरे असार ३१ गतेभित्र एकीकृत समाजवादी सरकारबाट बाहिरिन्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका हुन् ।

पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेभित्र आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए ।

उनले प्रधानमन्त्रीका प्रतिवद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved