पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गरिदिन निजी क्षेत्रको आग्रह 

नेपालभ्युज

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गरिदिन निजी क्षेत्रको आग्रह 

काठमाडौं । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसंस्थाले पाथीभरा मुकुम्लुङ केबलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् ।

अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यस क्षेत्रको विकासमा थप योगदान गर्नु पर्ने समय आएको उल्लेख छ ।

विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ । पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब ३ लाखको संख्यामा भक्तजनहरू आउने गरेका छन् ।

यो संख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केबलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरूलाई निजीक्षेत्रले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved