दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ९४ करोड 

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ९४ करोड 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २७ दशमलव ८४ अंकले घटेर २०८० दशमलव ८७ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०३ कम्पनीका ६६ हजार १ सय ७ पटकको कारोबारमा १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले घटेर ३६९ दशमलव ८१ को विन्दुमा पुगेको छ ।

हाइड्रो पावर कम्पनीहरूको ५६ लाख २१ हजार ०५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ९८ लाख २४ हजार ५ सय रुपैयाँको कारोबार भएको छ । यो सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरूको समूह पनि हो । भने, सबैभन्दा कम कारोबार कर्पोरेट डिभेञ्चरहरुको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved