जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोरु गाउँपालिका वडा नं. ९ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिंचाई कुलो निर्माणमा रकम हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा पाण्डेसहित जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेश सिंह कठायत, जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन सव इन्जिनियर भिम बहादुर रोकाया, जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन असिस्टेन्ट सवइन्जिनियर सर्जन शाही, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पुर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुमाथि कार्य सम्पन्न नगरी गैरकानूनी हानिनोक्सानी पुर्याएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ । साथै, बिगो र सजाय पनि माग गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved