यूरोको मूल्य स्थिर हुँदा पाउण्ड बलियो 

नेपालभ्युज

यूरोको मूल्य स्थिर हुँदा पाउण्ड बलियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्डको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा हुँदा बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved